March 3, 2021, Wednesday
२०७७ फाल्गुन १९, बुधबार

यस्तो छ आगामी तीन दिनको मौसम पुर्वानुमान 

  • 6
    Shares

काठमाडौं, हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेकाले शनिबार बिहान पहाडी भेगमा आंशिक बदली र अन्य स्थानमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो प्रदेश १ का उच्च पहाडी तथा हिमाली भेगका एक दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ ।

राति भने प्रदेश १ र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भेगमा आंशिक बदली तथा बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

शनिबार (आज)

दिउँसो : प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राती : प्रदेश १ र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ ।

आइतबार

दिउँसो : देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ ।

राती : देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदलीको सम्भावना रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ ।

सोमबार

दिउँसो : देशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ।

राती : देशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ ।

शीर्ष समाचार

धेरै पढिएको