March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

प्रदेश २ का प्रदेश प्रमुखद्वारा सपथ ग्रहण, उपराष्ट्रपति र सभामुखद्वारा समारोह बहिष्कार

काठमाडौं, प्रदेश नं. २ का नवनियुक्त प्रदेश प्रमुख राजेश झाले पद तथा गाेपनीयताकाे शपथ लिएका छन् । प्रदेश प्रमुख झाले शुक्रबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालको संविधानको धारा १६७ बमोजिम प्रदेश प्रमुख पदको पद तथा गोपनियताको शपथग्रहण गरेका हुन् ।

झाको सपथ समारोह उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्निप्रसाद सापकोटाले बहिस्कार गरेका छन् । उक्त सपथ ग्रहण समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाको मात्रै सहभागी भएका थिए ।

शीर्ष समाचार

धेरै पढिएको