July 25, 2021, Sunday
२०७८ श्रावण १०, आईतवार

थप ९७ जनामा कोरोना संक्रमण पुष्टि, ११४ जना डिस्चार्ज

काठमाडौं, शुक्रबार नेपालमा थप ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७३ हजार २६३ पुगेको छ।

पछिल्लो २४ घण्टामा ११४ जना निको भई डिस्चार्ज भएका छन् । हालसम्म कोरोना निको हुनेको कुल संख्या दुई लाख ६९ हजार ६१९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप तीन जनाको मृत्यु भएको छ । योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ६१ पुगेको छ । हाल देशभर क्वारेन्टाइनमा रहनेको संख्या ६८ पुगेको छ ।

शीर्ष समाचार

धेरै पढिएको