March 3, 2021, Wednesday
२०७७ फाल्गुन १९, बुधबार

हामी आफैँले आफ्नो पौरखको जगमा देश बनाउनुपर्छ: मुख्यमन्त्री पौडेल

  • 3
    Shares

वाग्मती, वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हामी आफैँले आफ्नो पौरखको जगमा देश बनाउनुपर्ने बताएका छन् ।

आज ७१ औं प्रजातन्त्र दिवसका अवसरमा शुक्रबार प्रदेश सरकारले आयोजना गरेको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै जनताको जीवनमा नदेखिने परिवर्तनको पनि कुनै अर्थ नरहेको बताएका हुन् ।

मुख्यमन्त्री पौडेलले व्यवस्था बदलिने तर जनताको अवस्था नबदलिने विगतको नजिरलाई बदल्दा मात्र उज्यालो भविष्यको निर्माण गर्न सकिने विश्वास व्यक्त गरेका छन् ।

मुख्यमन्त्री पौडेलले भने, “हामी आफैँले आफ्नो पौरखको जगमा यो देशलाई बनाउनुपर्छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’को आकांक्षा पूरा गर्नुपर्छ ।”

उनले स्रोत र साधनमा नेपाल समृद्ध रहेको तथा दुई ठूला राष्ट्रबीच रहेको देशको भूराजनीतिक संवेदनशीलतासँगै अवसर पनि उत्तिकै रहेको बताएका छन् । पौडेलले सम्भावना हुँदाहुँदै पनि लामो समयदेखि देशका हजारौँ युवा विदेश पलायन हुने क्रम नरोकिएको उल्लेख गरे ।

उनले भने, “सूचना र प्रविधिको उच्चतम् उपयोगबाट दुनिया तिव्रतर गतिमा अघि बढेको छ । मानिसका जीवन दिन प्रतिदिन सरल र सहज बन्दै गइरहेका छन् तर नेपाली जनताको जीवन उस्तै कष्टप्रद हुनु आजको शताब्दी सुहाउँदो कुरा होइन ।”

शीर्ष समाचार

धेरै पढिएको