July 25, 2021, Sunday
२०७८ श्रावण १०, आईतवार

नागरिकहरूको टुँडिखेल मार्च सराहनीय छ, सफल रहोस: बाबुराम भट्टराई 

काठमाडौं, पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सचेत नागरिकहरूको टुँडिखेल मार्च सराहनीय भएको बताएका छन् ।

आज सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट गर्दै डा. भट्टराईले टुँडिखेललाई सबै जनताको साझा खुला र हरियालीयुक्त स्थान बनाउनसमेत माग गरेका छन् ।

उनले फोक्सो बिनाको शरीर नभए झैं खुला हरित स्थान बिनाको शहर नहुने समेत बताएका छन् । उपत्यकाको विभिन्न स्थानमा टुँडिखेल र अन्य हरियाली युक्त खुला स्थान निर्माण गर्न सबैले ध्यान पुर्‍याउनुपर्ने बताएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको