July 25, 2021, Sunday
२०७८ श्रावण १०, आईतवार

आन्तरिक राजस्व विभागको महानिर्देशकमा झक्क आचार्य नियुक्त

काठमाडौं, आन्तरिक राजस्व विभागको महानिर्देशकमा झक्क आचार्य नियुक्त भएका छन् । अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन महाशाखा प्रमुख रहेका उनलाई अर्थ मन्त्रालयका सहसचिवले विभागको महानिर्देशकमा नियुक्त गरेको हो ।

यसअघि उनी मध्यमस्तरीय करदाता कार्यालयको प्रमुख थिए । माघ १ गतेबाट तत्कालिन महानिर्देशक विनोदबहादुर कुँवरको सरुवा भएपछि विभागको यो पद रिक्त थियो ।

शीर्ष समाचार

धेरै पढिएको