July 25, 2021, Sunday
२०७८ श्रावण १०, आईतवार

अस्थिरता खोज्ने प्रयासहरुलाई निस्तेज गर्न निर्वाचन आवश्यक: प्रधानमन्त्री ओली

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले लोकतान्त्रिक प्रणालीभित्रैबाट अस्थिरता खोज्ने प्रयासहरुलाई निस्तेज गर्न निर्वाचन आवश्यक रहेको बताएका छन् ।

प्रजातन्त्र दिवसको अवसरमा टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कुबाटोमा लोकतन्त्रलाई धकेल्ने चेष्ठाहरुलाई अगाडि जान नदिन अहिले मुलुक नयाँ निर्वाचनतर्फ अग्रसर भएको बताएका हुन् ।

‘लोकतन्त्र, प्रणालीभित्रैबाट अस्थिरता खोज्ने प्रयासहरुलाई निस्तेज पार्न र कुबाटोमा लोकतन्त्रलाई धकेल्ने चेष्ठाहरुलाई अगाडि जान नदिन अहिले मुलुक नयाँ निर्वाचनतर्फ अग्रसर भएको छ’, प्रधानमन्त्री ओलीले भने, ‘नयाँ निर्वाचनका तयारीका लागि सबै निकायले आ–आफ्नो भूमिका बहन गर्न म आग्रह गर्दछु ।’

उनले निर्वाचन निर्धारित समयमै हुने भन्दै कुनै अलमल नगर्न आग्रह समेत गरेका छन् । प्रधानमन्त्री ओलीले सरकारले लोकतन्त्रको बाटो नबिराउने भन्दै जनताको अभिमत भन्दा बाहिर नजाने बताएका छन् ।

प्रधानमन्त्री ओलीले नेत्रविक्रम चन्द विप्लव समूहलगायत दलहरुलाई शान्तिपूर्ण मूलधारको राजनीतिमा आउन आग्रह गरेका छन् ।

उनले भने, ‘शान्तिपूर्ण मूलधारमा समाहित हुन नसकिरहेका कतिपय पक्षहरुलाई संवादको माध्यमबाट शान्तिपूर्ण रुपमा मूलधारमा आउन आग्रह गर्दछु ।’

शीर्ष समाचार

धेरै पढिएको