April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

आज टुँडिखेलमा मनाइयो राष्ट्रिय प्रजातन्त्र दिवस

काठमाडौं, आज देशभर राष्ट्रिय प्रजातन्त्र दिवस–२०७७ विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यस दिवसका अवसरमा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सैनिकमञ्‍च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको हो ।

सो कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्‍त्री केपी शर्मा ओली, उपराष्ट्रपति नन्दबहादुर पुनसहित संवैधानिक निकायका प्रमुख, सुरक्षा निकाय, कर्मचारी, कूटनीतिक नियोगका प्रतिनिधि लगायतको उपस्थिति थियो ।

यसै क्रममा नेपाली सेनाद्वारा तोप र बन्दुकको बढाइँ गरिनुका साथै प्रजातन्त्रका लागि जीवन बलिदान गर्ने सहिदप्रति प्रार्थना र स्मरण गरिएको छ ।

राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको दिनको स्मरणमा सरकारले फागुन ७ गते औपचारिक समारोहसाथ दिवस मनाउँदै आएको छ ।

शीर्ष समाचार

धेरै पढिएको