March 7, 2021, Sunday
२०७७ फाल्गुन २४, सोमबार

भागरथी प्रकरण: हत्याको आज १७ औँ दिन दाहसंस्कार गरिने 

  • 16
    Shares

बैतडी, बैतडीकी दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या गरेको आज १७ औँ दिनमा दाहसंस्कार गरिने भएको छ ।

बैतडी जिल्ला अस्पतालमा रहेको भागरथीको शवलाई शुक्रबार बिहान १० बजे बुझ्ने जानकारी आएको बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिएका छन् ।

गोठलापानीबाट बिहान ११ बजे शवयात्रा शुरु हुने भागरथीका काका शिवराज भट्टले बताएका छन् । गोठलापानीबाट सेरासम्म शवयात्रा हुने र सेरास्थित महाकाली आर्यघाटमा अन्तिम संस्कार गरिने भएको हो ।  

यसअघि गत माघ २१ गते विद्यालयबाट घर जान हिडेँकी भागरथीको साँझ घर नफर्केपछि खोजतलास गर्दै जाँदा माघ २२ गते घर नजिकै रहेको स्थानीय लवलेक जङ्गलमा विभत्स र निर्वस्त्र अवस्थामा शव फेला परेको थियो ।  

शीर्ष समाचार

धेरै पढिएको