July 25, 2021, Sunday
२०७८ श्रावण १०, आईतवार

थप ९६ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु

काठमाडौं, बिहिवार नेपालमा थप ९६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार १ सय ६६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर क्वारेन्टाइनमा रहनेको संख्या ७१ पुगेको छ । पछिल्लो २४ घण्टामा १ सय ११ जना कोरोना संक्रमण मुक्त भएका छन् योसँगै कोरोनामुक्त हुनेको संख्या २ लाख, ६९ हजार ५ सय ६ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा ३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ हजार ४८ पुगेको छ ।

शीर्ष समाचार

धेरै पढिएको