August 5, 2021, Thursday
२०७८ श्रावण २१, बिहीबार

पेट्रोलिय पदार्थको मूल्य वृद्धिको विरोधमा आयल निगम घेराउ

काठमाडौं, नेकपा प्रचण्ड–माधव पक्षनिकट अनेरास्ववियूले पेट्रोलिय पदार्थको मूल्य वृद्धि गरेको विरोधमा नेपाल आयल निगम घेराउ गरेको छ ।

निगमले एक साताको बीचमा दुई पटक इन्धनको मूल्यवृद्धि गरेपछि त्यसको विरोधमा अनेरास्ववियूले बिहिवार बबरमहलस्थित निगमको केन्द्रीय कार्यालय घेराउसहित प्रदर्शन गरेको हो ।

उनीहरुले पेट्रोलियममा गरिएको मूल्यवृद्धि सरकारले तत्काल फिर्ता लिनुपर्ने भन्दै नारा लगाएका थिए ।आयल निगमले यो सातामात्रै माघ २८ र फागुन ४ गते पेट्रोलियम पदार्थको मूल्ववृद्धि गरेको थियो ।

विद्यार्थीहरुले ‘मूल्य वृद्धि फिर्ता गर, निगमको आयव्यय पारदर्शी गर, चुहावट नियन्त्रण गर, पेट्रोलियम पदार्थमा विद्यार्थी सहुलियत कायम गर’ जस्ता प्लेकार्ड प्रदर्शन गरेका थिए ।

शीर्ष समाचार

धेरै पढिएको