August 5, 2021, Thursday
२०७८ श्रावण २१, बिहीबार

दुई साताभित्र भारतबाट २० लाख डोज कोरोना खोप नेपाल आइपुग्ने

काठमाडौं, स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले भारतबाट २० लाख डोज खोप खरिद गर्ने प्रक्रिया पूरा भएको बताएका छन् । सो खोप भारतको सेरम इन्सटिच्युट अफ इडियाबाट ल्याउन लागिएको हो ।

बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा ले ४ डलरका दरले सहुलियतमा खरिद गर्न लागेको उक्त खोप दुई साताभित्र नेपाल आउने जानकारी दिएका छन् ।

उनले भने, ‘प्रतिडोज चार डलर तिरेर २० लाख डोज खरिद गर्ने प्रक्रिया पूरा गरिसकेका छौं । आउने दुई हप्तामा उक्त खोप नेपाल आइपुग्ने अवस्था छ ।’

उक्त खोप फागुन २३ गतेदेखि जोखिम समूहमा रहेका ५५ वर्षभन्दा माथिको उमेर समूहका व्यक्तिलाई लगाइनेछ । यसअघि अस्पताल र खोप केन्द्रबाट खोप लगाइने गरिएकोमा अब समुदायमा गएर खोप लगाइने मन्त्री त्रिपाठीले बताए ।

शीर्ष समाचार

धेरै पढिएको