August 1, 2021, Sunday
२०७८ श्रावण १७, आईतवार

नेपालमै मल कारखाना स्थापनाका लागि छलफल भइरहेको छ: कृषिमन्त्री अर्याल

चितवन, कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले नेपालमा नै मल कारखाना स्थापनाका लागि छलफल भइरहेको बताएकी छन् ।

बिहिवार पत्रकारसँग कुरा गर्दै उनले किसानको समस्या दीर्घकालीन रुपमा समाधान गर्न नेपालमा नै मल कारखाना स्थापनाका लागि छलफल भइरहेको बताएकी हुन् ।

किसानले पर्याप्त मात्रामा मल र बीउबिजन पाउने गरी सरकार अघि बढेको बताउँदै किसानलाई मलको समस्या नहोस् भनेर मन्त्रालयले योजना बनाएको जानकारी दिइन् ।

“धान बालीमा आवश्यक पर्ने मलका लागि अहिले नै सरकारका तर्फबाट प्रक्रिया शुरु भएको छ”, उनले भने, “किसानको यो समस्या दीर्घकालीन रुपमा समाधान गर्न नेपालमा नै मल कारखाना स्थापनाका लागि छलफल भइरहेको छ ।” आगामी मन्त्रिपरिषद् बैठकमा सो विषयमा छलफल हुने मन्त्री अर्यालले जानकारी दिईन् ।

शीर्ष समाचार

धेरै पढिएको