August 1, 2021, Sunday
२०७८ श्रावण १७, आईतवार

सर्वोच्चमा लिखित जवाफ पेश गरेर बाहिरिए प्रधानमन्त्री ओली

काठमाडौं, अदालतको अवहेलनासम्बन्धी परेको मुद्दामा लिखित जवाफ पेश गर्न बिहिवार सर्वोच्च अदालत पुगेका प्रधानमन्त्री केपी शर्मा ओली लिखित जवाफ पेश गरेर अहिले बाहिरिएका छन् ।

गत माघ १५ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्री र चार पूर्वप्रधानन्यायाधाीशहरू मिनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशिला कार्की तथा पूर्व सभामुख दमननाथ ढुंगानालाई आफैं उपस्थित भएर लिखित जवाफ पेस गर्न आदेश दिएको थियो ।

सोही आदेश अनुसार प्रधानमन्त्री लिखित जवाफ लिएर आज आफैं अदालत उपस्थित भएका थिए । उनी जवाफ पेश गरेलगत्तै अदालतबाट बाहिरिएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको