March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

अदालतको अवहेलना मुद्दामा लिखित जबाफ लिएर सर्वोच्च जाँदै प्रधानमन्त्री ओली

काठमाडौं, प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली सर्वोच्च अदालतमा आज उपस्थित हुने भएका छन् ।

सर्वोच्च अदालतको अवहेलना मुद्दामा अदालतको आदेशअनुसार उनी आफैं बिहिवार लिखित जबाफ बोकेर सर्वोच्च जान लागेका हुन् । 

गत माघ १५ गते न्यायाधीश मनोजकुमार शर्माको इजलासले ओलीलाई रिट निवेदकको माग बमोजिम अवहेलनामा कारवाही किन हुनु नपर्ने हो भन्नेबारे लिखित जवाफ पेश गर्न आदेश दिएको थियो । 

यसअघि उनको अभिव्यक्तिले न्यायपालिका र न्यायप्रक्रियाकै उपहास भएको भन्दै वरिष्ठ अधिवक्ता डा कुमार शर्मा आचार्य र कञ्चनकृष्ण न्यौपानेले अवहेलना मुद्दा दायर गरेका थिए ।

शीर्ष समाचार

धेरै पढिएको