July 25, 2021, Sunday
२०७८ श्रावण १०, आईतवार

थप १२५ जनामा कोरोना संक्रमण पुष्टि, ९१ जना डिस्चार्ज 

काठमाडौं, बुधबार थप १२५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना  संक्रमितको संख्या २ लाख ७३ हजार ७० पुगेको छ । हाल नेपालमा १ हजार ६२१ सक्रिय संक्रमित रहेका छन् ।


पछिल्लो २४ घण्टामा थप ९१ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या २ लाख ६९ हजार ३ सय ९४ रहेको छ । गत २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य रहेको छ ।

बुधबारसम्म मृत्यु हुनेको संख्या २ हजार ५५ रहेको छ । अहिलेसम्म देशभर २१ लाख २७ हजार ७८९ नमुनाको पीसीआर परीक्षण भएको छ ।

शीर्ष समाचार

धेरै पढिएको