August 5, 2021, Thursday
२०७८ श्रावण २१, बिहीबार

संविधानले कल्पनै नगरेको विशेषाधिकार प्रधानमन्त्रीमा छ भन्न मिल्दैन: अधिवक्ता खरेल

काठमाडौं, एमिकस क्युरीका वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलले नेपालको संविधानमा प्रधानमन्त्रीलाई विशेषाधिकार नभएको बताएका छन् ।

संवैधानिक इजलासमा आज आफ्नो बहस सुरु गरेका खरेलले आफू चार प्रश्नमा केन्द्रित हुने बताएका थिए । जसमा बहुमत प्राप्त प्रधानमन्त्रीलाई विघटनको अधिकार छ कि छैन ?,  संसदीय अभ्यासमा विघटनको अधिकार कार्यकारीभित्र रहन्छ कि संविधानमा हुन्छ ?, संसद विघटनमा न्यायिक पुनरावलोकनको निर्णय हुन्छ कि हुँदैन ? र राजनीतिक विषय हो कि होइन भन्ने विषयहरु समेटेका थिए । 

बहसका क्रममा उनले संविधानले प्रधानमन्त्रीलाई विशेषाधिकार नदिएको तर्क गरेका छन् । ‘संविधानमा विशेषाधिकार सम्बन्धी २ वटा धारा छन्, धारा १०३ र धारा १८७’ वरिष्ठ अधिवक्ता खरेलले अघि भने, ‘हाम्रो संविधानले कार्यपालिकालाई कुनै विशेषाधिकार छैन । बोल्दै नबोली प्रधानमन्त्रीको हकमा विशेषाधिकार राख्नुपर्ने किन हुन्छ र ? हाम्रो संविधानले कल्पनै नगरेको विशेषाधिकार छ भन्न मिल्दैन ।’

२०४७ को संविधानमा भएको धारा ५३(४) हटाउनु भनेको लुकाएर राखेको नभएको समेत बताउँदै खरेलले संविधानको धारा ८५ मा ‘यस संविधान बमोजिम’ भनेको ७६(७) नै भएको बताएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको