August 5, 2021, Thursday
२०७८ श्रावण २१, बिहीबार

खुलामञ्च अतिक्रमण गरेर बनाइएका संरचनाहरु महानगरद्वारा हटाइयो

काठमाडौं, काठमाडौं महानगरपालिकाले खुलामञ्च अतिक्रमण गरेर बनाइएका संरचनाहरु भत्काएको छ । महानगरले आज बिहान डोजर लगाएर खुलामञ्चमा बनाइएका टहरा तथा संरचनाहरु भत्काएको हो ।

महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्काका अनुसार  खुलामञ्च खाली गर्नका लागि बसपार्क क्षेत्रबाहेक अन्य संरचनाहरु भत्काइएको छ ।

दरबार हाइस्कुल र वीर अस्पताल पुनर्निर्माणका लागि सामग्री राखिनुका साथै कामदारहरु पनि टहरा निर्माण गरेर त्यही बस्दै आएको उपमेयर खड्काले बताइन् ।

उनले सामग्री लैजनाका लागि वीर अस्पताल र महानगरलाई पहिल्यै पत्रचार गरिएको  थियो । यसअघि ‘अकुपाई टुँडिखेल’ का अभियन्ताहरूले टुँडिखेललाई खाली गराउन दबाबमूलक कार्यक्रम गर्दै आएका थिए ।

शीर्ष समाचार

धेरै पढिएको