July 29, 2021, Thursday
२०७८ श्रावण १४, बिहीबार

सानेपामा आज कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं, नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक केन्द्रीय कार्यालय सानेपामा आज बस्दैछ ।

बुधबार अपराह्न २ बजे बस्ने सो बैठकमा पार्टीको आगामी १४औँ महाधिवेशन र समसामयिक राजनीति विषयमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ ।

बैठकमा महाधिवेशनको नयाँ कार्यतालिका, वर्तमान केन्द्रीय समितिको समयावधि थप गर्ने, प्रतिनिधिसभा विघटनविरुद्धको पार्टीको आन्दोलनको समीक्षा र भावी कार्यक्रमलगायत समग्र विषयमा छलफल हुने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

यस्तै बैठकले केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा पार्टीको क्रियाशील सदस्यता छानबिन समिति गठन गर्ने पार्टी कार्यालयले जनाएको छ ।

यसअघि कांग्रेसले गत असार २२ गते पार्टीको १४औँ महाधिवेशन आगामी यही फागुन ७ देखि १० गतेसम्म गर्ने गरी कार्यतालिका निर्धारण गरे पनि कोरोना संक्रमणका कारण कार्यतालिका प्रभावित भएकाले कांग्रेसले हालसम्म महाधिवेशनको नयाँ मिति तोकेको छैन ।

शीर्ष समाचार

धेरै पढिएको