August 5, 2021, Thursday
२०७८ श्रावण २१, बिहीबार

आज बस्ने भनिएको वाग्मती प्रदेशसभाको बैठक स्थगित

काठमाडौं, आज २ बजेका लागि बोलाइएको वाग्मती प्रदेशसभाको सातौँ बैठक स्थगित भएको छ । विशेष कारणवश स्थगन गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

सभाको बैठक अर्को सूचना जारी भएपछि मात्र सञ्चालन हुने प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताएका छन् । यसअघि प्रदेशसभाको बैठक माघ १९ गते बस्ने भनिए पनि अनिश्चितकालका लागि स्थगन गरिएको थियो । 

शीर्ष समाचार

धेरै पढिएको