प्रदेश १ मा कांग्रेस र प्रचण्ड–नेपाल पक्षद्वारा तेस्रो वार्षिकोत्सव कार्यक्रम बहिष्कार

काठमाडौं, प्रदेश १ मा नेकपा प्रचण्ड–नेपाल पक्ष र नेपाली कांग्रेसले सरकारको तेस्रो वार्षिकोत्सव कार्यक्रम बहिष्कार गरेका छन् ।
वर्तमान सरकार गठन भएको आज फागुन ३ गते तीन वर्ष पुगेको उपलक्ष्यमा प्रदेश सरकारले आयोजना गरेको वार्षिकोत्सव कार्यक्रममा उनीहरू सहभागी नहुने भएका हुन् ।
वार्षिकोत्सव कार्यक्रममा आफ्नो पार्टी सहभागी नहुने प्रचण्ड–नेपाल पक्षका प्रदेश १ का सचिव सुरेशकुमार राईले जानकारी दिएका छन् । उनका अनुसार मुख्यमन्त्रीले आफ्नो उपादेयता बाँकी छ भनेर बेकारको कार्यक्रम राखेकाले त्यसमा सहभागी नहुने उनीहरुले बताएका हुन् ।
प्रतिकृया दिनुहोस्