April 18, 2021, Sunday
२०७८ बैशाख ५, आईतवार

सर्वोच्च पुगेर चार पूर्वप्रधानन्यायाधीशले बुझाए लिखित जवाफ 

  • 7
    Shares

काठमाडौं, अवहेलनासम्बन्धीको मुद्दामा आज चार पूर्वप्रधानन्यायाधीशले सोमबार सर्वोच्च अदालतमा लिखित जवाफ पेस गरेका छन् ।

सोमबार पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले लिखित जवाफ दिएका हुन् ।

सर्वाेच्च अदालतले यसअघि चारै जनालाई लिखित जवाफ दिन आदेश गरेको थियो । संसद विघटनबारे वक्तव्य जारी गरेका उनीहरुविरुद्ध अधिवक्ताहरू लोचन भट्टराई र धनजित बस्नेतले छुट्टाछुट्टै निवेदन दर्ता गराएका थिए । निवेदनमा अदालतमा विचाराधीन विषयमा प्रतिक्रिया दिएर चार पूर्वप्रधानन्यायाधीशले अदालतको अवहेलना गरेको दाबी गरिएको छ ।

यसअघि पूर्वप्रधानन्यायाधीशहररू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले गत पुस २४ गते प्रधानमन्त्रीले संविधानको गलत व्याख्या गरी प्रतिनिधिसभा विघटन गरेको भन्दै विज्ञप्ति जारी गरेका थिए ।

शीर्ष समाचार

धेरै पढिएको