
लकडाउनकाे अवधि अब साउन ७ गतेसम्म थपिने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको एक श्राेतले जानकारी दिएकाे छ।
कोरोना संक्रमणको दर बढ्दै गएकाले अहिलेलाई यही शैलीको लकडाउनलाई साउन ७ सम्म निरन्तरता दिने निर्णय भएको उनले बताए। ‘स्वास्थ्य सतर्कता अपनाउन जरुरत रहेकाले यथास्थितिको लकडाउनलाई लम्ब्याइएको हो भनिएको हाे । सरकारले यसअघि असार १ देखि लागू हुनेगरी लकडाउनलाई खुकुलो बनाएको थियाे। जसअनुसार निजी सवारीसाधन जोर विजोर प्रणालीबाट सञ्चालन भइरहेका छन् ।





