February 28, 2021, Sunday
२०७७ फाल्गुन १६, आईतवार

थप ८१ जनामा कोरोना संक्रमण पुष्टि, १११ जना डिस्चार्ज

  • 5
    Shares

काठमाडौं, बिहिवार थप ८१ जना नयाँ कोरोना संक्रमीत थपिएका छन् । थपिएकामध्ये ३२ जना महिला र ४४ जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ४३० पुगेको छ । गत २४ घण्टामा १११ जना कोरोना निको भई डिस्चार्ज भएका छन् । हालसम्म कोरोना निको हुनेको संख्या २ लाख ६८ हजार ६६० पुगेको छ ।

हाल देशभर क्वारेन्टाइनमा रहनेको संख्या ८७ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ५२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको