March 3, 2021, Wednesday
२०७७ फाल्गुन १९, बुधबार

रामकुमारी झाँक्रीलाई तत्काल रिहाई गर्न नेकपा प्रचण्ड-नेपाल पक्षको माग

  • 31
    Shares

काठमाडौं,नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले केन्द्रीय सदस्य रामकुमारी झाँक्री पक्राउको विरोध गर्दै रिहाईको माग गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले राज्यविरुद्धको कसुर गरेको आरोपमा आज झाँक्रीलाई शंमखुलस्थित उनकै निवासबाट पक्राउ गरेको हो ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले बिहीबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको खिल्ली उडाउँदै गरिएको यस गिरफ्तारीले वर्तमान सरकारको घोर अलोकतान्त्रिक, निरंकुश र सर्वसत्तावादी चरित्रलाई उदांगो पारेको छ ।’

लोकतन्त्रमा राजनीतिमा संलग्न कुनै पनि व्यक्ति वा संस्था आलोचनाभन्दा माथि हुन नसक्ने भन्दै श्रेष्ठले रामकुमारी पक्राउको घोर निन्दा तथा भत्सर्ना गरेका छन् । साथै झाँक्रीलाई निःशर्त र अविलम्ब रिहा गर्न माग गरेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको