April 16, 2024, Tuesday
२०८१ बैशाख ४, मंगलवार

नेतृ झाँक्रीलाई प्रधानमन्त्री ओलीको ठाडो आदेशमा पक्राउ गरियो: प्रचण्ड

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले नेकपा नेतृ रामकुमारी झाँक्रीलाई प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा पक्राउ गरिएको बताएका छन् ।

आज पेरिसडाँडामा आयोजित आदिवासी, जनजाती मगर संघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले तथाकथित राष्ट्रपतिको नाममा गलत बोल्यो भनेर प्रधानमन्त्रीको ठाडो आदेशमा पक्राउ गरिएको बताएका हुन् ।


उनले भने, ‘कमरेड रामकुमारी झाँक्रीलाई पुलिसले हिजोबाटै पक्राउ गर्न खोजेको थियो, तथाकथित राष्ट्रपतिका बारेमा गलत बोल्यो भन्ने नाममा प्रधानमन्त्रीको ठाडो आदेशमा प्रहरीलाई पक्रिनै पर्‍यो भनेर पक्राउ गरियो ।’

शीर्ष समाचार

धेरै पढिएको