February 27, 2021, Saturday
२०७७ फाल्गुन १५, शनिबार

डा. गोविन्द केसी फागुन १२ गतेबाट २० औं आमरण अनसन बस्दै

  • 3
    Shares
file photo

काठमाडौं, डा. गोविन्द केसीले २० औं पटक सत्याग्रह बस्ने घोषणा गरेका छन् । बिहिवार काठमाडौंको माइतीघरमा आयोजित कार्यक्रममा चिकित्सा तथा स्वास्थ्य सुधारका मागसहित प्रधानमन्त्री ओलीको असंबैधानिक कदमको विषयमा बोल्दै डा. केसीले फागुन १२ गतेबाट अनसन बस्ने घोषणा गरेका हुन् ।

उनले अवैधानिक रूपमा गरेको संसद विघटनको प्रयासबाट संविधानको रक्षा गरियोस्, अवैध रूपमा संवैधानिक निकायहरूमा गरिएका नियुक्ति रद्द गरियोस्, चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका लागि हामीसँग भएका सम्झौता कार्यान्वयन गरियोस् भन्ने माग राखेका छन् ।

त्यसैगरी, चिकित्सा शिक्षालाई गैर नाफामूलक बनाउने, सबै सार्वजनिक शिक्षण संस्थामा पचहत्तर प्रतिशत छात्रवृत्ति कार्यान्वयन गराउने लगायत राष्ट्रिय चिकित्सा शिक्षा ऐनका प्रावधानहरूको कार्यान्वयन गरियोस् भन्नेसमेत माग राख्दै अनसन बस्न लागेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको