March 2, 2021, Tuesday
२०७७ फाल्गुन १९, बुधबार

विप्लवसहित चार कम्युनिस्ट घटकको संयुक्त रणनैतिक मोर्चा घोषणा

  • 9
    Shares

काठमाडौं, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चार कम्युनिस्ट घटकले आज संयुक्त रणनैतिक मोर्चाको घोषणा गरेका छन् ।

बिहिवार काठमाडौंको प्रज्ञा भवनमा उनीहरुले रणनैतिक संयुक्त मोर्चाको घोषणा गरेका हुन् भने सो मोर्चामा १५ सदस्यीय केन्द्रीय समिति गठन गरिएको छ ।

पछि तीन सदस्य थप्ने गरी सीपी गजुरेल, रामसिंह श्रीस, पवनमान श्रेष्ठ, सन्तोष बुढा, नवीनकुमार विश्वकर्मा, अज मोहम्मद, ऋषिराम कट्टेल, रामदुलार महतो, राजेश बान्तवा, जागृत रायमाझी, धनकुमारी सुनार र नवीन रिमाल केन्द्रीय समितिमा छन् ।

मोर्चामा विप्लव नेतृत्वको पार्टीसहित मोहन वैद्य किरण नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी सहभागी भएका छन् ।

उनीहरुले समाजवाद जनगणतन्त्र स्थापना गर्ने उद्देयका साथ रणनैतिक मोर्चा बनाएको विषय उल्लेख गर्दै संयुक्त हस्ताक्षर गरेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको