February 28, 2021, Sunday
२०७७ फाल्गुन १६, आईतवार

नेतृ झाँक्री पक्राउप्रति गगन थापाको आक्रोश: “उहिले महाराजा अहिले राष्ट्रपति!”

  • 12
    Shares

काठमाडौं, नेकपा नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेपछि कांग्रेस नेता गगन थापाले आक्रोशित हुँदै सरकारलाई झ्यालखानाको संख्या थप्न चुनौती दिएका छन् ।

केहीसमय अघि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर थापाले सरकार कर्तव्य निर्वाह गर्न छोडेर असंवैधानिक र अलोकतान्त्रिक कार्यमा अग्रसर भएको भन्दै उनले प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोजेको आरोप लगाएका छन् ।

उनले उहिले महाराजाले गर्ने काम अहिले  राष्ट्रपतिले गरेको भन्दै आक्रोश व्यक्त गरे । उनले लेखेका छन्, ‘कर्तव्य निर्वाह गर्न छोडेर, असंबैधानिक र अलोकतान्त्रिक काॠ गर्ने अनि त्यसमा प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्ने ? उहिले महाराजा अहिले राष्ट्रपति ! सरकार झ्यालखानाको संख्या थप, किनकि सत्यको पक्षमा बोल्ने मुख तिमीले देखाएको त्रासले बन्द हुँदैन ।’

शीर्ष समाचार

धेरै पढिएको