February 24, 2021, Wednesday
२०७७ फाल्गुन १३, बिहीबार

“प्रधानमन्त्री राजा र श्री ३ बराबर हो, त्यसैले संसद् विघटन गर्ने अधिकार हुन्छ” 

  • 2
    Shares

काठमाडौं, सर्वोच्च अदालतमा संसद विघटनविरुद्ध परेको रिटमा आज पनि सुनुवाइ जारी छ । यसै क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीका कानुन व्यवसायीले प्रतिनिधिसभा विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई रहेको बताएका छन् ।

ओलीका निजी वकिल आरसी गौतमले प्रधानमन्त्रीमा राजा र श्री ३ बराबरको अधिकार रहेको दाबी गरेका हुन् । बिहीबार अधिवक्ता गौतमले संविधानले प्रधानमन्त्रीलाई राजाको जत्तिकै अधिकार रहेको तर्क गरेका हुन् ।

उनले भने, ‘संसद् विघटन गर्ने अधिकार संसदीय प्रणालीमा हुन्छ । प्रधानमन्त्री राजाबराबर, श्री ३ बराबर हो, त्यसैले संसद् विघटन गर्ने अधिकार प्रधानमन्त्रीमा हुन्छ,’ उनले भने ।


राजा र श्री ३ (राणाशासकहरू) मा भएजत्तिकै अधिकार प्रधानमन्त्री केपी शर्मा ओलीमा रहेको गौतमले दोहोर्‍याएका थिए ।

शीर्ष समाचार

धेरै पढिएको