
काठमाडौं – नेपालमा काेराेना संक्रमितको संख्या १३ हजार २४८ पुगेकाे साेमबार नयाँ संक्रमित ४७६ जना थपिएका छन् । २४ घण्टामा देशका २२ वटा प्रयोगशालामा सात हजार सात सय ९१ को पिसिआर विधिबाट गरिएको परीक्षणबाट चार सय ७६ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । त्यसैगरी ३ हजार १३४ जनाकाे डिस्चार्ज भैसकेको छ जसमध्ये १२१ जना भने आज डिस्चार्ज भएका हुन् ।
साेमबार १ जनाकाे मृत्यु भएको छ याे सँगै मृत्यु हुनेकाे संख्या २९ जना पुगेकाे छ । उमेरकाे हिसाबले हेर्दा नेपालमा काेराेना संक्रमित हुने धेरै जस्तो व्यक्ति ४१ देखि ५० वर्ष सम्मकाे रहेकाे पाइएकाे छ ।






