March 3, 2021, Wednesday
२०७७ फाल्गुन १९, बुधबार

नेतृ झाँक्रीलाई नियन्त्रणमा लिन पक्राउ पुर्जा जारी, गिरफ्तारी दिँदै

  • 5
    Shares

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरीले पक्राउ पुर्जा जारी गरेको छ ।

झाँक्रीले पक्राउ पूर्जी ल्याउन भनेपछि महानगरीय अपराध महाशाखाले राज्यविरुद्धको कसुर अन्तरगत दफा ५८ को कसुरमा अनुसन्धानका लागि तत्काल पक्राउ गर्नु परेको भन्दै पूर्जी थमाइएको छ 

झाँक्रीको निवासमा प्रहरी पुगेको खबर आएलगत्तै  नेकपाका कार्यकर्ताहरू शंखमुलस्थित झाँक्री निवास पुगेर प्रहरीविरुद्ध नाराबाजी गरेका छन् । नाराबाजी एक घण्टादेखि जारी छ । 

शीर्ष समाचार

धेरै पढिएको