March 5, 2021, Friday
२०७७ फाल्गुन २१, शुक्रबार

नेतृ झाँक्रीको निवासबाहिर नेकपा कार्यकर्ताहरुको प्रदर्शन 

  • 4
    Shares

काठमाडौं, नेकपा नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरी उनको निवासमा पुगेपछि उनको निवासबाहिर नेकपामा नेता कार्यकर्ताले निवासबाहिर प्रदर्शन गरेका छन् । झाँक्रीका समर्थक तथा नेकपा कार्यकर्ताहरूले झाँक्रीको पक्षमा सरकारविरुद्ध नारा लगाएका छन् ।

उनीहरुले प्रहरी हस्तक्षेप बन्दर गर, झाँक्री हाईहाई, र केपी ओली बाईबाईको नारा लगाएका छन् । बिहीबार बिहान झाँक्रीलाई पक्राउ गर्नका लागि सादा पोसाकका प्रहरी उनको निवासमा पुगेका थिए ।

अहिले झाँक्रीको निवासबाहिर ठूलो मात्रामा प्रहरी तैनाथ छ भने नेकपाका नेता कार्यकर्ताले पक्राउको विरोधमा नाराजुलुस गरिरहेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको