February 27, 2021, Saturday
२०७७ फाल्गुन १५, शनिबार

पक्राउ गर्न पुगेका प्रहरीलाई झाँक्रीले भनिन्: यो राजनीतिक मुद्दा हो, पक्राउ पूर्जी लिएर आउनुस् 

  • 7
    Shares

काठमाडौं, नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीले आफूलाई नियन्त्रणमा लिने हो भने पक्राउ पूर्जी लिएर आउन प्रहरीलाई आग्रह गरेकी छन् । आज उनलाई पक्राउ गर्न उनकै निवासमा प्रहरी पुगेको छ ।


राष्ट्रपतिबारे दिएको अभिव्यक्तिलाई लिएर महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले सोधपुछका लागि बोलाएका थिए तर झाँक्रीले त्यसलाई अस्वीकार गरेपछि प्रहरी उनकै निवास पुगेका हुन् ।


‘राजनीतिक मुद्दा हो । सडकमा लडिरहेका छौं, प्रतिवाद गर्छौं,’ उनले निवासमा पत्रकारहरुसँग कुरा गर्दै भनिन्, ‘पक्राउ पूर्जी लिएर आउनुस् भनेको छु ।’ हाल झाँक्री निवास अगाडि उनको समर्थनका मानिसहरू प्रहरी हस्तक्षेप बन्द गर्नुपर्ने माग गर्दै नारा लागिरहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको