February 26, 2021, Friday
२०७७ फाल्गुन १४, शुक्रबार

केन्द्रीय कारागारका दुई हजार ७०३ कैदीबन्दीलाई कोरोना खोप प्रदान 

  • 1
    Share

काठमाडौं, नेपाल सरकारले केन्द्रीय कारागारमा रहेका दुई हजार ७०३ कैदीबन्दीलाई कोरोनाविरुद्धको खोप प्रदान गरेको छ ।

सरकारले प्राथमिकताका आधारमा कोरोना खोप प्रदान गर्ने निर्णयअनुसार पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मीसँगै कैदीबन्दीलाई समेत कोरोना खोप प्रदान गरेको हो ।


तीन हजार ३३६ कैदीबन्दी रहेको केन्द्रीय कारागारमा दुई हजार ७०३ कैदीबन्दीलाई कोरोना खोप प्रदान गरिएको केन्द्रीय कारागार जगन्नाथदेवलका सूचना अधिकारी रविनकुमार राईले जानकारी दिएका छन् । उनले भने, ‘कोरोना खोप लगाउन नमान्ने कैदीबन्दी र विरामी कैदीबन्दीबाहेक अन्य सबै कैदीबन्दीलाई कोरोना खोप प्रदान गरेका छौँ ।’


देशभरका कैदीबन्दीको उपचारका लागि केन्द्रीय कारागार परिसरभित्र कारागार अस्पतालसमेत सञ्चालनमा आएको छ भने उक्त अस्पतालको क्षमता ३० शय्याको रहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको