March 2, 2021, Tuesday
२०७७ फाल्गुन १८, मंगलवार

शिकार खेल्दै गर्दा भरुवा बन्दुक पड्किएर दाङमा एक जनाको मृत्यु 

  • 1
    Share

दाङ, दाङमा शिकार खेल्ने क्रममा भरुवा बन्दुक पड्किँदा बुधबार एक जनाको मृत्यु भएको छ ।

गढवा गाउँपलिका–२ तिरतिरे डाँडास्थित जङ्गलमा शिकार खेल्ने क्रममा सोही ठाउँ निवासी २८ वर्षीय सूर्यबहादुर रानाले बोकेको भरुवा बन्दुक पड्किँदा उनका दाइ ४० वर्षीय इन्द्रबहादुर रानाको घटनास्थलमै मृत्यु भएको हो ।


इलाका प्रहरी कार्यालय गढवा र प्रहरी चौकी गोबरडियाबाट खटिएको प्रहरीटोलीले सूर्यबहादुरलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको