४० वर्षमुनिका महिला एक्लै विदेश जाँदा परिवारको सहमति र वडाको सिफारिस अनिवार्य

काठमाडौं, ४० वर्षमुनिका महिलाहरू एक्लै विदेश भ्रमणमा जाँदा परिवारको सहमति र वडाको सिफारिस अनिवार्य चाहिने भएको छ । अध्यागमन विभागले कार्यविधि २०६५ को भिजिट भिसासम्बन्धी व्यवस्थालाई संशोधन गर्ने प्रस्ताव गृह मन्त्रालयमा पठाएको हो ।
नयाँ कार्यविधिअनुसार ४० वर्षमुनिका महिलाहरू अब एक्लै विदेश वडा कार्यालयको र पारिवारिक सहमति विना जान नपाइने भएको छ ।
विभागका अनुसार पीडामा परेको महिलाहरुलाई उद्धार गर्न सजिलो बनाउनका लागि कार्यविधि संशोधन प्रस्ताव गरिएको हो । यसले मानव तस्करी, शोषणमा जस्ता समस्यामा परेका महिलाहरुलाई उद्धार गर्न सजिलो हुने जनाइएको छ ।
उक्त कार्यविधि संशोधन प्रस्ताव तीन दिनअघि गृह मन्त्रालयमा पठाएको विभागले जनाएको छ भने यो कार्यविधि चाँडै लागु हुनेसमेत बताइएको छ ।
प्रतिकृया दिनुहोस्