March 2, 2021, Tuesday
२०७७ फाल्गुन १८, मंगलवार

भागरथीको हत्यारा पत्ता लगाउन माग राख्दै प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र

  • 20
    Shares

काठमाडौं, बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका– ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्यारा पत्ता लगाउन माग राख्दै आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाइएको छ । 

भागरथी भट्टको न्यायका लागि गठित सङ्घर्ष समिति र स्थानीय बासिन्दाले बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीमार्फत बुधबार प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाएको हो ।
 
    
घटना भएको एक हप्ता भइसक्दा पनि हत्यारा सार्वजनिक नगरिनुले आशङ्का पैदा भएको र यथाशीघ्र हत्यारा पत्ता लगाई सार्वजनिक गर्न माग गरिएको छ । उक्त घटनासम्बन्धी विवरण सार्वजनिक गर्न र हत्यारालाई कारवाहीको दायरामा ल्याउन माग गर्दै ज्ञापनपत्र बुझाइएको स्थानीयवासी भोजराज जोशीले सञ्चारमाध्यमलाई जानकारी दिएका छन् । 

कञ्चनपुरकी निर्मला पन्तको जस्तै अनुसन्धान फितलो नहोस् भनेर समयमै सरकारलाई जानकारी गराएको सङ्घर्ष समितिले जनाएको छ । दोषीलाई पत्ता लगाई यथाशीघ्र सार्वजनिक नगरिए आफूहरु जस्तोसुकै आन्दोलनमा उत्रिने चेतावनीसमेत समितिले दिएको छ । 

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी जोशीले दोषी छिट्टै पत्ता लाग्ने बताउनुभयो । यता दोषी पत्ता नलाग्दा हदैसम्मको कारवाही नहुँदासम्म शव नबुझ्ने भागरथीका परिवारले अडान राखेका छन् ।

चार दिन अगाडि जिल्ला अस्पतालमा परीक्षण गरिएको शवलाई अझै बुझ्न मानेका छैनन् । माघ २१ गते विद्यालय गएकी भागरथी साँझ घर नफर्केपछि खोजतलास गर्दै जाँदा माघ २२ गते घर नजिकैको जङ्गलमा विभत्स र निर्वस्त्ररुपमा मृत अवस्थामा फेला परेकी थिइन् । 

शीर्ष समाचार

धेरै पढिएको