February 27, 2021, Saturday
२०७७ फाल्गुन १५, शनिबार

थप १३४ जनामा कोरोना संक्रमण पुष्टि, ११८ जना डिस्चार्ज

काठमाडौं, बुधवार थप १३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ६३ जना महिला र ७१ जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ३४९ पुगेको छ । गत २४ घण्टामा कोरोनामुक्त भई ११८ जना डिस्चार्ज भएका छन् भने हालसम्म कोरोना निको हुनेको संख्या २ लाख ६८ हजार ५४९ पुगेको छ ।

हाल देशभर ८८ जना क्वारेन्टाइनमा रहेका छन् ।पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शुन्य रहेको मन्त्रालयले जनाएको छ । यस्तै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ४७ पुगेको छ ।

शीर्ष समाचार

धेरै पढिएको