षड्यन्त्र गर्नेहरुविरुद्ध बोल्न कसैले रोक्न सक्दैन: रामकुमारी झाँक्री

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव पक्षको नेतृ रामकुमारी झाँक्रीले संविधानको चीरहरण गर्नेविरुद्ध बोल्न पाइन्छ भन्दै अँध्यारोमा षड्यन्त्र गर्नेहरुविरुद्ध बोल्न कसैले रोक्न नसक्ने चेतावनी दिएकी छन् ।
उनले राष्ट्रपति संस्था सम्माननीय भएपनि त्यो संस्थामा रहेका व्यक्तिले गर्ने षड्यन्त्रविरुद्ध बोल्न कसैले रोक्न नसक्ने चेतावनी दिएकी हुन् ।
बुधबार प्रचण्ड-माधव पक्षले राजधानीमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेतृ झाँक्रीले भनिन्, ‘हामीले ल्याएको व्यवस्थामा बोल्न पाइन्छ । नागरिकको मुखमा टेप टाँसिएको छैन, ‘सर्वसत्ताबादको विरुद्ध बोल्न पाइन्छ । संविधानको चिरहरण गर्ने विरुद्ध बोल्न पाइन्छ ।’
नागरिकहरु सार्वभौम सम्पन्न भएको बताउँदै उनीहरुको बोल्ने अधिकारलाई कसैले कुन्ठिन गर्न नसक्ने जिकिर गरिन् । ‘आज दरबारमा जस्तै रजाइँ गर्नेहरु संघर्षका कठिन दिनहरुमा कहाँ थिए भन्ने दुनियाँलाई हिसाब किताब थाहा छ,’ उनले भनिन् ।
प्रतिकृया दिनुहोस्