March 2, 2021, Tuesday
२०७७ फाल्गुन १८, मंगलवार

राजधानीमा प्रचण्ड–माधव पक्षको शक्ति प्रदर्शन 

  • 12
    Shares

काठमाडौं, संसद विघटनको विरोधमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षले आज राजधानीमा शक्ति प्रदर्शन गरेको छ ।

सभाअघि काठमाडौ उपत्यकाका विभिन्न ५ स्थानबाट जुलुस निकालेको थियो । माइतीघर, पुल्चोक, जमल, कुपण्डोल र लैनचौर क्षेत्रबाट जुलुस सुरु भएको हो । पाँचै स्थानको जुलुस सुन्धारामा पुगेर मूल जुलुसमा परिणत भएको थियो ।

आजको विरोध सभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव कुमार नेपाल, बरिष्ठ नेता झलनाथ खनाल, नेता जनार्दन शर्मासहित १४ नेताले  सम्बोधन गर्ने तयारी छ ।

शीर्ष समाचार

धेरै पढिएको