March 7, 2021, Sunday
२०७७ फाल्गुन २४, सोमबार

हृदयाघातका कारण पूर्वसांसद गंगादत्त जोशीको निधन 

  • 5
    Shares

काठमाडौं, नेपाली कांंग्रेस कञ्चनपुरका पूर्वसांसद गंगादत्त जोशीको आज बिहान हृदयाघातका कारण ८४ वर्षका उमेरमा निधन भएको छ ।

केही दिनअघि आँखाको शल्यक्रिया गरेका नेपाली कांग्रेस कञ्चनपुरका पूर्वसभापति जोशीको बुधबार बिहान महेन्द्रनगरस्थित घरबाट आँखाको थप उपचारका लागि अस्पताल जाने क्रममा बाटामै निधन भएको हो ।

उनको शव महाकाली अस्पतालमा राखिएको बताइएको छ । परिवारका सदस्यसँग सल्लाहपछि दाहसंस्कार गरिने उनका पारिवारिक स्रोतले बताएको छ ।

शीर्ष समाचार

धेरै पढिएको