February 26, 2021, Friday
२०७७ फाल्गुन १४, शुक्रबार

घुसखोरी र विचौलियालाई निगरानी गर्न विशेष टोली खटाइने 

  • 4
    Shares
file photo

काठमाडौं, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका  प्रमुख आयुक्त प्रेमकुमार राईले औषधिलगायतमा भएका भ्रष्टाचारसम्बन्धी थुप्रै उजुरी आयोगमा दर्ता भएको र त्यसलाई प्राथमिकता दिएर घुसखोरी र विचौलियालाई निगरानी गर्न विशेष टोली खटाइने बताएका छन् ।

अख्तियारको ३०औं स्थापना दिवसको अवसरमा बोल्दै राईले सो कुरा बताएका हुन् । उनले सरकारी, सार्वजनिक जमीन अतिक्रमण गर्ने जोकोहीलाई अनुसन्धान गरेर कारबाहीको दायरमा ल्याउने बताएका छन् ।

उनले भने, ‘सार्वजनिक भूमि व्यवस्थापन नेपालको सन्दर्भमा चुनौतीपूर्ण देखिएको छ । सरकारी सार्वजनिक जमिन अतिक्रमण गर्ने, खोला-खोल्सा तथा पर्ति जमीन ओगट्ने कार्य सह्य हुने छैन,’ प्रमुख आयुक्त राईले थपे, ‘सार्वजनिक पदाधिकारी वा उनीहरू जोडिएका जोसुकैलाई अनुसन्धान गर्ने र रोक्ने कार्य आयोगको प्राथमिकतमा रहने छ ।’

शीर्ष समाचार

धेरै पढिएको