February 26, 2021, Friday
२०७७ फाल्गुन १४, शुक्रबार

दाहाल-नेपाल पक्षको विरोध सभामा १४ नेताले सम्बोधन गर्दै 

  • 2
    Shares

काठमाडौं, संसद विघटनविरुद्ध आन्दोलनरत दाहाल–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आज राजधानीमा विरोध प्रदर्शन सुरु गरेको छ ।

संसद विघटनविरुद्ध आन्दोलनको दोस्रो चरणका कार्यक्रम घोषणा गरेको उक्त समूहले विरोध जुलुससहित सभा आयोजना गर्दै छ । सो पार्टीले आज उपत्यकाका विभिन्न पाँच स्थानबाट जुलुस निकालेको छ ।

सबैतिरका जुलुस भृकुटीपण्डप पुगी कोणसभामा परिणत हुनेछन् । सभालाई अध्यक्ष पुष्पकमल दाहाल, माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठले सम्बोधन गर्ने केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिएका छन् ।

यस्तै केन्द्रीय सदस्य अञ्जना विशंखे, अमृता थापा, भानुभक्त जोशी, महफुज अन्सारी, रामकुमारी झॉक्री, रामचन्द्र झा, सन्तकुमार चौधरी स्थायी कमिटी सदस्यहरु जनार्दन शर्मा, देव गरुङ, रघुजी पन्तले सम्बोधन गर्ने भएका छन् । कार्यक्रमको अध्यक्षता केन्द्रीय सदस्य हितबहादुर तामाङ, स्वागत जीवनराम श्रेष्ठ र सञ्चालन स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले गर्दैछन् ।

शीर्ष समाचार

धेरै पढिएको