संसद विघटनविरुद्धको रिटमा आजबाट पुनः बहस सुरु

काठमाडौं, प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरुमा आजबाट पुनः बहस सुरु हुँदैछ । न्यायाधीश इन्द्रराज पाण्डेको निधनको शोकमा हिजो (मंगलबार) एक दिन स्थगित गरिएको बहस आजबाट फेरि सुरु हुन लागेको हो ।
संसद विघटनविरुद्ध अदालतमा १३ वटा मुद्दा परेका छन् । ती मुद्दामाथि माघ चार गतेदेखि निरन्तर बहस हुँदै आएको छ । हाल प्रधानमन्त्रीका निजी कानून व्यवसायीले सरकारी निर्णयको प्रतिरक्षामा बहस चलिरहेको छ । त्यसअघि रिट निवेदकका तर्फबाट ७० जनाभन्दा बढीले बहस गरेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।
प्रतिकृया दिनुहोस्