April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

प्रचण्ड–माधव पक्षको विरोध सभा तयारीले ट्राफिक व्यवस्थापन प्रभावित

file photo

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले काठमाडौंमा बृहत विरोध सभा गर्ने भएपछि काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन प्रभावित भएको छ ।

ट्राफिक प्रहरीका अनुसार जुलुस बिहिवार बिहान ११ बजेपछि सुरु हुने भए पनि बिहानैदेखि यातायात आवागमनमा असर परेको हो ।

यातायात आवागमनलाई व्यवस्थित गर्ने प्रयासमा आज बिहानैदेखि डाइभर्सन सुरु गरिएको छ भने ठूला गाडीहरुलाई चक्रपथभित्र प्रवेश गर्न पूर्णरुपमा रोक लगाइएको छ । हाल ठूला गाडीहरुलाई चक्रपथ वरिपरि नै रोकिएको छ ।

कालीमाटी, थापाथली, लैनचौर, रत्नपार्क, पुतलीसडक क्षेत्रतिर आउने साना गाडीहरुलाई पनि डाइभर्सन गरिएको छ । यस्तै वैकल्पिक सडकमा पनि सवारी साधनहरुको जाम सुरु भएको छ ।

शीर्ष समाचार

धेरै पढिएको