April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

थप १६० जनामा कोरोना संक्रमण पुष्टि, १६५ जना डिस्चार्ज

काठमाडौं, मंगलबार थप १६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ६१ जना महिला र ९९ जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार २१५ पुगेको छ । गत २४ घण्टामा कोरोना निको भई १६५ जना डिस्चार्ज भएका छन् । हालसम्म कोरोना निको हुनेको संख्या २ लाख ६८ हजार ४३१ पुगेको छ ।

हाल देशभर क्वारेन्टाइनमा रहनेको संख्या ८७ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ४७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको