February 26, 2021, Friday
२०७७ फाल्गुन १४, शुक्रबार

निर्वाचनको काम निरन्तर अघि बढाउन प्रधानमन्त्री ओलीको आग्रह

  • 23
    Shares

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली आज निर्वाचन आयोग पुगेर निर्वाचनको काम निरन्तर अगाडि बढाउन निर्वाचन आयोगलाई आग्रह गरेका छन् । मंगलबार निर्वाचन आयोगको कार्यालय कान्तिपथ पुगेर प्रधानमन्त्री ओलीले सो आग्रह गरेका हुन् ।

आगामी बैशाखमा हुने निर्वाचनको तयारी संतोषजनक रहेको बताउँदै प्रधानमन्त्री ओलीले आयोगलाई धन्यवाद दिएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

उनका अनुसार प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले पनि निर्वाचनको तयारीलाई निरन्तर अगाडि बढाउने बताएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको