March 6, 2021, Saturday
२०७७ फाल्गुन २३, आईतवार

कृषिमन्त्री अर्यालद्वारा कालीमाटी फलफूल तथा तरकारी बजार अनुगमन

  • 15
    Shares

काठमाडौं, कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा कुमारी अर्यालले आज कालीमाटी फलफूल तथा तरकारी बजार अनुगमन गरेकी छन् ।

मंगलबार कालीमाटी फलफूल तथा तरकारी बजार अवलोकन गर्ने क्रममा किसानको पसिनाको उचित मूल्य प्राप्त गर्नुपर्ने बताउँदै उनले मन्त्रालयले किसान र बजारलाई प्रत्यक्ष जोड्ने विधि बनाउने बताएकी हुन् । 

उत्पादित वस्तुको बजारीकरणको व्यवस्थापन गर्नु आजको आवश्यकता भएकाले किसानलाई बजारको व्यवस्थापन गर्न उत्पादित वस्तुको बजारको ग्यारेन्टी सरकारले गर्ने उनको भनाइ छ । उनले उत्पादनलाई बढावा दिने तथा उत्पादनलाई बजारमा बिक्री हुने वातावरण बनाउन सरकारको तर्फबाट योजना ल्याउने बताइन् । 

शीर्ष समाचार

धेरै पढिएको