March 2, 2021, Tuesday
२०७७ फाल्गुन १८, मंगलवार

सिन्धुपाल्चोकको तातोपानी नाका आजबाट पुनः सञ्चालनमा

  • 91
    Shares

सिन्धुपाल्चोक, गत १९ दिनदेखि बन्द रहेको सिन्धुपाल्चोकको ताताेपानी नाका आजबाट पुनः सञ्चालनमा आएको छ ।

नेपाल-चीनबिचको नाका जाेड्ने मितेरी पुलमा क्षति पुगेको र हाल पुनर्निर्माणको काम सकिएकाले नाका पुनः सञ्चालनम्स आएको तातोपानी भन्सार कार्यालयले जनाएको छ ।

यसअघि सीमामा रहेको मितेरी पुल मर्मतका लागि चिनियाँ पक्षले जनवरी २१ देखि फेब्रुवरी ८ सम्म नाका बन्द गरेकाे थियाे ।

भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले बाढीले क्षति पुर्‍याएको पुल पुनर्निर्माणको काम सम्पन्न भएकाले मंगलबारबाट सामान आउन थालेको जानकारी दिएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको